ज्योति विकास बैंक लिमिटेड ले पुस २९ गते साधारण सभा बोलाएको छ।

साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि शुरु हुने छ ।

ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।

ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ।
पुस १५ गतेसम्ममा नेप्सेमा कारोबारभई शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
बैंकको हाल चुत्ता पूँजी ३ अर्ब १० करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here