कोरोना संक्रमणको खतरा बढिरहेको बेला अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कमजोर बनेको छ ।
अमेरिकी डलरको मूल्य चैत ६ गते शुक्रबार एकै दिन एक रुपैयाँ १७ पैसाले बढेर १२० रुपैयाँ २८ पैसा पुगेको छ जुन बिहीबार ११९ रुपैयाँ ११ पैसा रहेको थियो ।
यस दिन नेपाल राष्ट्र बैंकले अमेरिकन डलरको खरिद मूल्य भने ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ।
डलरको भाउ बढे पनि नेपालमा हुने आयात कोरोनका कारण बन्द जस्तै अबस्थामा रहेकाले अर्थतन्त्रमा ठूलो प्रभाव भने परेको छैन ।