शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुन आईतबार स्वास्थ्य मन्त्रालयमा उपस्थित भएर प्रेस बिज्ञप्ति जारी गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

पुनले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन्-“पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आइतबार म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ। उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु।”

पुनले भनेका छन्, “यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु ।, ‘अत यस सम्बन्धमा मा। मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी मेन्डेमीकका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु”

यसअघि पुन आफैले मिडियाहरुमा अन्तवार्ता दिदै आफुले कोरोनाबारे मिडिया तथा सर्बसाधारणलाई जानकारी दिएकाले ममन्त्रालयले स्पष्टिकरण सोधेको र अधिकारीहरुले फोन समेत गरी नबोल्न चेतावनी दिएको बताएका थिए ।

यसअघि शेयरलगानीमा प्रकाशित पुन सम्बन्धी दुई समाचार

डा. शेरबहादुर पुनः जो जापान छाडेर देश सेवा गर्न आए, आखिरमा दण्डित भए

स्याबास सरकार ! राम्रो काम गर्ने चिकित्सकलाई कारबाही गरेर बहादुरी प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here