इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पौष १८ गते सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारणसभाले ५ प्रतिशत नगद लाभांश पारित गरेपछि सो बराबरको रकम शेयरधनीको बैंक खातामा पुस २२ गतेबाट जाने भएको छ ।

साधारणसभाले १० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

उक्त नगद लाभांश रकम अभौतिक रुपमा कायम रहेका शेयरधनीहरुलाई नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम आईपिएस प्रणाली मार्फत शेयरधनीहरुको हितग्राही खाता अद्यावधिक गराएका ग्राहकको बैंक खातामा आजबाट नगद लाभांश पठाउने भएको छ ।

उक्त १० प्रतिशत बोनस शेयरको हकमा पुस ४ गतेबाट बुक क्लोज भएसँगै प्रतिकित्ता ५१९ रुपैयाँका दरले मुल्य समायोजन भई सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here