सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई अनियमितताको आरोपमा मदमुक्त गर्ने प्रक्रिया अगाडि बढाएको समाचार बाहिर आएको छ ।
कान्तिपुर दैनिकको आईतबारको अंकमा कृष्ण अाचार्यले लेखेको समाचार अनुसार मन्त्रिपरिषादले श्रेष्ठमाथि अनुसन्धान गर्र्ने निर्णय गरेको र सोही आधारमा उनलाई बर्खास्त गर्ने तयारी भएको छ ।
कान्तिपुरको समाचारमा भनिएको छ “सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि छानबिन हुन लागेको हो ।”
“बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि छ” कान्तिपुरमा ज्ञवालीले लेखेका छन् ।
नयाँ गभर्नर नियुक्त गर्ने तयारी शुरु हुनै लाग्दा डेपुटी गभर्नरलाई बर्खास्त गर्ने तयारी हुनु अर्थपूर्ण रुपमा लिईएको छ ।