तारा पौडेल ।
कम्पनीहरुले पुसको अन्तिममा साधारणसभा गर्ने दौडधुप गर्दा शेयरधनीहरुलाई पनि चापाचाप पर्ने भएको छ ।
पुस २९ गते एकै दिन धेरै कम्पनीहरुले साधारणसभा राख्दा शेयरधनीहरुलाई भाग लिदैमा भ्याई नभ्याई हुने देखिएको छ । त्यस भन्दा अगाडि पनि धेरै कम्पनीहरुले साधारणसभा राखेका छन् ।

हेर्नुहोस् कुन कम्पनीको साधारणसभा कहिले छ ।

पुस २९ गते एकैदिन साधारणसभा राख्ने कम्पनीहरु

कम्पनीहरुले कम्पनी ऐन तथा धितोपत्र सम्बन्धी ऐनका कारण आर्थिक बर्ष समाप्त भएको ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्ने बाध्यतामा परेर एकैचोटी साधारणसभा राखे पनि त्यसको मार भने शेयरधनीले ब्यहोर्नु परेको छ । अझ १० कित्ता शेयर धारण गरी हरेक कम्पनीको साधारणसभामा पुगेर संचालकको हितमा भाषण छाँट्ने र भत्ता बुझ्ने पेशेवर बक्ताहरुलाई त झन् मुस्किलको सामना गर्नुपर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here