नेपाल धितोपत्र बोर्डले यही साउन १ गतेदेखि लागु गर्ने धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ ले शेयर बजारका कम्पनीहरुलाई चार बर्गमा बर्गीकरण गर्नुपर्ने स्पष्ट दिशा निर्देश गरेको छ । यसबाट आफ्नो कम्पनी कुन बर्गमा पर्ला भन्ने चासो लगानीकर्तामा उत्पन्न भएको पाईएको छ ।

बोर्डले जारी गरेको नियमावलीको नियम ६ मा स्टक एक्सचेन्जले सुचिकृत कम्पनीहरुलाई चार बर्गमा बर्गीकरण गर्नुपर्ने गरी मापदण्ड तोकेको छ । ए बर्गमा सबैभन्दा राम्रो कम्पनी, बी बर्गमा मध्यम खालको कम्पनी, जी बर्गमा कमजोर कम्पनी र जेड बर्गमा सबैभन्दा कमजोर र नयाँ कम्पनीहरुलाई राख्नुपर्ने धितोपत्र बोर्डको मार्ग निर्देशनबाट बुझिन्छ ।

कम्पनी बर्गीकरणको आधारहरु किटानी गर्दै चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिड. संस्थाबाट प्राप्त रेटिड., नियमनकारी निकायले तोकेको ढाँचामा बित्तीय विवरण राखे, नराखेको र बार्षिक साधारणसभा समयमा गरे नगरेको कुरालाई मुख्य मापदण्ड बनाउनु पर्ने बोर्डको नियमावलीमा उल्लेख छ । कम्पनी बर्गीकरणका लागि नेपाल स्टक एक्सचेन्जले थप नियम बनाएर कुन कम्पनी कुन बर्गमा पर्ने र के कस्तो प्रक्रियाबाट बर्गीकरण गर्ने जस्ता कुराहरु यकिन गर्नसक्ने धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले बताए ।

यसअघि नेप्सले दुई बर्गमा मात्र कम्पनी बर्गीकरण गर्दै आएकोमा अब स्पष्ट मापदण्डसहित चार बर्ग तोकिएका छन् ।

कतिपय कम्पनीहरुले तोकिएको समयमा बित्तीय विवरण प्रकाशन नगर्ने, धितोपत्र बोर्डले तोकेको ढाँचामा भन्दा मनलाग्दी किसिमले बित्तीय विवरण एउटा पत्रिकामा कम्पनीको ब्यवस्थापकीय बिश्लेषण अर्को दिन अर्को पत्रिकामा प्रकाशित गर्ने, समयमा साधारणसभा नगर्ने र बर्षौ लाभांश वितरण नबाँड्ने जस्ता कृयाकलाप गर्दै आएका छन् । अब कम्पनी बर्गीकरणले लगानीकर्तालाई हैरान पार्ने त्यस्ता कम्पनीहरु सबैभन्दा तल्ला अर्थात जेड बर्गमा पर्ने निश्चित भएको छ ।

बोर्डका प्रबक्ता गिरीले जेड बर्गमा भर्खर शेयर बजारमा आएका कम्पनीहरुलाई समेत राखिने भएकाले खराब भन्न नमिले पनि ए, बी जी हुँदै तल झदै आएका कम्पनीहरु जेड बर्गमा परे भने खराबै भन्नुपर्ने बताउँछन् ।

सबै कुरा राम्रो भएर पनि कुनै एउटा आधारमा कमजोर देखियो भने कम्पनीको बर्गीकरण खस्कनसक्ने संभावना बढेको छ । कम्पनीको चुक्ता पूँजी र लाभांश वितरणलाई बर्गीकरणको मुख्य आधार बनाईएकाले केही न केहीका कम्पनीहरुको शेयर मूल्य शेयर बजारमा उचालिएर किन्ने लगानीकर्तालाई पनि मैले कस्तो कम्पनीको शेयर किन्दैछु भन्ने हेक्का राख्न सजिलो भएको छ । बोर्डका प्रबक्ता गिरीले कम्पनीहरुको अबस्थाबारे जानकारी हासिल गरेर लगानीको योजना बनाउँन कम्पनीहरुको कर्गीकरणले धेरै सहयोग गर्ने आशा ब्यक्त गरे ।

शेयर धितोमा कर्जा प्रबाह गर्ने बैंक तथा बित्तीय संस्थाहरुलाई पनि कम्पनीको नयाँ बर्गीकरणले धेरै सहयोग पुर्याउने आशा गरिएको छ । उनीहरुले ए बर्गका कम्पनीहरुलाई बढी र बी बर्गका कम्पनीहरुको शेयर धितोमा कम कर्जा प्रबाह गर्र्ने, जी र जेडलाई कर्जा नदिने वा कम दिने रणनीति अपनाउन सक्छन् ।

नयाँ नियमावली अनुसार कम्पनीहरुको बर्गीकरण भएमा पछिल्ला दुई बर्गमा पर्ने कम्पनीहरुको शेयर किन्दा धेरै बिचार गर्नुपर्ने अबस्था आउँछ । धितोपत्र बोर्डको छ वटा आधारलाई हेरेर अहिले नै लगानीकर्ताले मैले कुन बर्गमा पर्ने कम्पनीको शेयर किनिरहेको छु भन्ने कुरा मोटामोटी रुपमा मुल्यांकन गर्नसक्ने भएका छन् ।

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here