तारागाउँ रिजेन्सी होटलले गत बर्षको वितरणयोग्य नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले कर बाहेक १२ प्रतिशत नगद लाभाश शेयरधनीलाई वितरण गर्ने प्रस्ताब गरेको हो । उसले अघिल्लो बर्ष पनि सोही अनुपातमा लाभांश वितरण गरेको थियो ।

अरु बर्षहरुमा ढिला गरी लाभांश र साधारणसभा आब्हान गर्ने गरेको तारागााउँले यस बर्ष भने चाँडै लाभांश वितरणको प्रस्ताब गरेको छ ।

१ अर्ब ८८ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष ३५ करोड खुद नाफा कमाएर प्रति शेयर आम्दानी १८ रुपैयाँ गरेको थियो । उसको जगेडा कोषमा ५३ करोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here