तारा गाउँ रिजेन्सी होटल(TRH)को ब्यवस्थापन हात पारेका भारतीय साझेदार र नेपाली आईटीसी समूहले सरकारी सेयर हडप्ने योजनाको बचाउ गरेको छ । होटल संचालक समितिको तर्फबाट बक्तब्य जारी गरी आफुहरुले कानुन अनुसार सरकारी सम्पति हडपेको स्वीकार गरेको छ ।

तारागाउँ रिजेन्सीले चर्चेको अर्बौ रुपैयाँ बराबरको सरकारी जग्गाको स्वामित्व र तारागाउँ बिकास समितिको २२.८५ प्रतिशत सेयरलाई मूल्यहिन पारी आफ्नो बर्चस्च कायम गर्दै आएकाहरुले सरकारी तवरमा गठिन छानविन समितिको प्रतिबेदनलाई समेत चुनौति दिएका छन् ।

तारा गाउँको बिज्ञप्तिमा आफै अध्यक्ष भएको संस्थाको सेयर स्वामित्वमा स्थापित कम्पनीले के र कुन कुन सरकारी निकायमा कुन पदाधिकारीसँग कस्तो किसिमको मिलेमतो गरेको हा,े सो केही नखुलाई कम्पनी र यससँग सम्बनिधत संचालकहरु एवं सरकारी पदाधिकारीहरुको चरित्र हनन् गर्ने, ब्यवसायिक तथा ब्यक्तिगत मानमर्दन हुने गरी प्रकाशित समाचार एर्ब नारद लुईटेलको धारणा नितान्त पुर्वाग्रही र बदनियतपूर्ण रहेको आरोप लगाईएको छ ।

तारागाउँ बिकास समितिले गठन गरेको छानविन समितिले तारा गाउँ रिजेन्सी होटलमा बदनियतपूर्ण रुपमा आफ्नो सेयर र सम्पति मूल्यहिन बनाईएको ठहर गरी प्रतिबेदन दिएको थियो ।

तारागाउँ बिकास समितिका अध्यक्ष नारद लुईटेलले तारागाउँ रिजेन्सीमा बदनियतपूर्ण रुपमा सरकारी संस्थाको सेयर हिनामिना भएको आरोप लगाएका थिए । उनी समितिमा सरकारले मनोनित गरेको पदाधिकारी हुन् ।

बिज्ञप्तिमा कम्पनीले तिर्नुपर्ने ऋण तिरिसकेको र नोक्सान समेत मिनाहा भई हाल कम्पनी नाफामा रहेको उल्लेख गरिएको छ तर लगानीकर्तालाई प्रतिफल दिने बारेमा कुनै कुरा उल्ल्ेख गरिएको छैन । कम्पनीमा बिगतमा एशियाली बिकास बैंकको समेत १९ प्रतिशत हाराहारीमा सेयर लगानी रहेकोमा सो सेयर भारतीयहरुले किनेपछि कम्पनी हडप्ने प्रपन्च सुरु भएको थियो । होटललाई हायात समूहले संचालन गर्दै आएको छ ।

तारागाउँको ब्यवस्थापनले सरकारी छानविन समितिलाई नै चुनौति दिदै बक्तब्यबाजी गरेपछि अब सरकारले के गर्छ भन्ने बारेमा चासो उत्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here