अरुण भ्याली हाईड्रोपावर, स्पर्श लघुवित्तिय संस्था र बुटवल पावर कम्पनीको बोनस शेयर वापत मूल्य समायोजन भएको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको बार्षिक साधारणसभा यहि पौष २३ गते हुनेछ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश घोष्णाा गरेको थियो ।

प्रतिकित्ता ९८ रुपैयामा कारोबार भईरहेको कम्पनीको उक्त ७ प्रतिशत बोनस शेयर समायोजन भएपछि मूल्य प्रति कित्ता ९१ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

यसैगरी स्पर्श लघुवित्तको साधारणसभा पनि यहि पौष २७ गते हुदैछ । संस्थाले १३ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारण सभामा लैजादैछ ।

प्रतिशेयर ६२१ मा कारोबार भईरहेको कम्पनीको बोनस शेयर समायोजनपछि प्रतिकित्ता ५४९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

अर्को कम्पनी बुटवल पावर कम्पनीाको साधारण सभा पनि यहि पौष २४ गतेलाई आब्हान भएको छ ।

कम्पनीले १८ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।

उक्त कम्पनीको बोनस शेयरपछि प्रतिकित्ता ३२० कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here