कम्पनीहरुले बिक्रीमा ल्याउँने प्राथमिक शेयर अर्थात आईपीओे भनेपछि मरिहत्ते गर्ने लगानीकर्ताहरु केही समय यता बिक्रीमा आएका हाईड्रोपावरका आईपीओबाट भागे पनि अब बीमा कम्पनीहरुको शेयर बिक्री शुरु हुनै लाग्दा फेरि आकर्षित हुने संभावना बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनीले तीन लाख २० हजार जना आबेदक भए पनि प्रत्येकलाई ५० कित्ता शेयर भाग पुग्ने गरी ठूलो संख्यामा आईपीओ निश्काशन गर्ने तयारी गरेको छ ।

८ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीले एक अर्ब ६० करोड बराबरको एक करोड ६० लाख कित्ता आईपीओ निश्काशन गर्न धितोपत्र बोर्डमा आबेदन दिएको छ । यो शेयर आबेदक सबैलाई भागबण्डा गर्ने हो भने ३ लाख २० हजार जनासम्मलाई ५० कित्ता पुग्छ । धितोपत्र बोर्डको नियम अनुसार हरेक आबेदकलाई न्युनतम १० कित्ता शेयर वितरण गरी बाँकी शेयर समानुपातिक रुपमा भाग लगाउनुपर्छ । यसअघिका आईपीओ निश्काशनहरुमा अधिकतम तीन लाखसम्मको संख्यामा सर्बसाधारणको आबेदन पर्ने गरेको थियो ।

धितापत्र बोर्डमा गत भदौमा आबेदन दिएको कम्पनीलाई बोर्डले अरु केही कागजात पेश गर्न भनेकाले सो प्रक्रिया चलिरहेको छ । बोर्डबाट अनुमति पाएको खण्डमा कम्पनीले ढिलोमा पुसभित्रै आईपीओ बिक्री गर्ने तयारी गरेको छ । यस आईपीओलाई राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबीबी क्यापिटलले सार्वजनिक निश्काशन गर्ने जिम्मा लिएको छ ।

दोस्रो बजारमा बीमा कम्पनीहरुको शेयर मूल्य बैंक तथा बित्तीय संस्थाहरुको शेयर मूल्यको तुलनामा महंगो रहेकाले पुनर्बिमा कम्पनीको आईपीओमा सर्बसाधारणको आकर्षण पर्ने नै देखिन्छ । यसपछि अरु १३ वटा नयाँ बीमा कम्पनीहरुले पनि सात अर्ब भन्दा बढीको आईपीओ बिक्रीमा ल्याउने तयारी गरेका छन् ।

पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षमा निर्जिवनतर्फ ९८ करोड र जीवन तर्फ १९ करोड खुद नाफा गरेको छ ।

जगेडा कोषमा दुई अर्ब ९८ करोड रहेको कम्पनीले गत बर्ष ५ अर्ब १२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको अधिकांश हिस्सेदारी नेपाल सरकार र बीमा कम्पनीहरुको छ ।

धितोपत्र बोर्डका कयौं हाईडेपावर कम्पनीले आइृपीओ ल्याउन निबेदन दिए पनि उनीहरुले प्रत्याुभतकर्ताहरु नै नपाउने र सर्बसाधारणमा बिकाउँनै नसक्ने अबस्था उत्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here