उपकार लघुवित्तले पनि आफ्नो दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार संस्थाले आ.व.को ६ महिना बित्दा १ करोड ८ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत त्रैमासको अन्त्यमा ४५ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले तीन महिनामा मात्र ६२ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको ७ करोड ८५ लाख ९४ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ । यसर्थ अब हुने साधारणसभामा संस्थाका शेयरधनीले राम्रो लाभांश हात पार्न सक्नेछन् ।

गत बर्षबाट मात्र कारोबार थालेर पहिलो साधारणसभा पनि नगरेको संस्थाको नाफा करोडमा हुनु सामान्य चुनौतिपुर्ण कुरा भने होइन ।

संस्थाको खराब कर्जा भने गत त्रैमासको तुलनामा बढेको छ । गत त्रैमासको अन्त्यमा २.१९ प्रतिशत रहेको खराब कर्जा यस त्रैमासको अन्त्यमा ३.१५ प्रतिशत पुगेको छ ।

६३ करोड ७ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेर २८ करोड ९५ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाले ४ करोड ४७ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here