तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकत १२ लाख कित्ता आईपिओ निष्काशन गर्न सोमबार एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौता पत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन ।

कम्पनीले कुल निष्काशनमध्य चार लाख कित्ता तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई र बाँकि आठ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

हाल २८ करोडचुक्ता पूँजी रहेको कम्पनीको यस आइपीओ बिक्रीपछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कम्पनीले हाल तेह्रथुम जिल्लाको मेन्छेयायेम गाउँपालिकामा साढे सात मेगावाटको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तेह्रथुम पावरको आयोजनामा माछापुछ्रे बैंक, नेपाल बङ्गलादेश बैंक र जनता बैंकको लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here