काठमाडौँ । दशै आउँन अझै एक महिना बाँकी छ तर अधिकांश बिमान कम्पनीहरुले सिट बुकिङ सकिएको दावी गरे पछि धेरै यात्रुलाई चिन्ता परेको छ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । विमान चढेर दशैमा घर फर्किने सोच बनाउनेहरुलाई यसपालि अलि अफ्ठेरो पर्ने संभावना बढेको छ ।

नारायणगढ मुगलिनको सडकको दुराबस्था र पूर्वी तथा पश्चिम तराईमा बाढीको कारणले यातायात संचालन राम्रोसँग हुन सकेको छैन, त्यसैले राजधानीमा रहेका धेरै नेपालीहरुले विमानबाटै घर फर्किने सोच बनाएर अगाडि नै टिकट बुक गरेका छन् ।

विमान कम्पनीहरुका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको जनाईएको छ ।

 

बसले जस्तो बिमान कम्पनीहरुले दशैका लागि भनेर अग्रिम बुकिड. नखुलाउने कारणले पनि कतिपयले टिकट सकिएको चालै पाएनन् तर यात्रुको चाप परेको अबस्थामा उडान संख्या थप्ने सोचाईमा विमान कम्पनीहरु रहेका छन् ।

 

यति एयरको भने ७० प्रतिशत टिकट बुक भईसकेको छ । सरकार नियन्त्रित नेपाल बायु सेवालाई भने दुर्गम क्षेत्रका यात्रुको चाप परेको छ ।

 

नेपालमा हाल २० वटा निजी वायुसेवा कम्पनीले अन्तरिक उडान भर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here