सिद्दार्थ क्यापिटलको दोस्रो ईकाई एसईओसको अवधि सकिएर ईकाईधनीलाई पैसा फिर्ता दिने क्रममा ब्यापक गडबडी भयो भन्ने हल्ला छ नि ? वास्तविकता के हो ?

हाम्रो दोस्रो ईकाई सिद्दार्थ ईक्विटी ओरियन्टेड स्किमको अवधि सकिएर सबै ईकाईधनीहरुलाई पैैसा फिर्ता दिनु पर्ने थियो । स्किमले किनेका सबै शेयर बिक्री गरेपछि असोज १५ गते त्यसको लेखापरीक्षण सकिएर अन्तिम हिसाब तयार भएको थियो । हामी दशैं अघि नै ईकाईधनीहरुले पैसा पाउन भनेर हतारोमा काम गरिरहेका थियौ । दशैं बिदा शुरु हुन तीन दिन मात्र बाँकी थियो । बिहीबार हामीेले धमाधम ईकाईधनीको बैंक खातामा आईपीएस मार्फत पैसा पठाउँन थाल्यौ । ९० प्रतिशत इकाईधनीको खातामा पैसा गईसकेको थियो । पैसा पठाउँदै गर्दा वीचमा के थाहा भयो भने केही ईकाईधनीको खातामा धेरै पैसा गयो । त्यसलाई फिर्ता (रिभर्स) गर्ने र सुधार्ने प्रयास हुँदा हुँदै शुक्रबार आईपीएस प्रणाली चाँडै बन्द भईदियो ।

गल्ति कहाँनिर भयो त ?

ईकाईधनीलाई दशैं अगाडि नै पैसा फिर्ता दिउँ भन्ने असल नियतले हतारो गर्दा केही त्रुटी भयो । गल्ति कहाँनिर भयो भने केही ईकाईधनीहरुले अघिल्लो बर्षहरुको लाभांश फिर्ता लगिसक्नु भएको थियो, केहीले फिर्ता लैजानु भएको थिएन । ज-जसले अघिल्ला बर्षहरुको लाभांश फिर्ता लैजानु भएको थिएन, त्यो समेत एकैचोटी खातामा पठाईदिउँ भन्दा लाभांश लगेकाहरुको खातामा पनि बढी पैसा गएर गल्ति भयो । यहाँ दशैंको चापले हामीले हतारमा काम गर्दा गल्ति हुन गयो । कतिपयको खातामा जानुपर्ने भन्दा कम पैसा गएको पनि पाईयो । यो हामीले नियतबश गरेको भन्दा पनि हतारोका कारणले भएको गल्ति हो । त्यसलाई बैंकबाट रिभर्स गरेर शुक्रबार सुधार्ने प्रयास गर्दागर्दै पनि दशैं बिदा शुरु भईहाल्यो ।

ज-जसले गुनासो गर्नुभएको छ, उहाँहरुको गुनासोलाई हामी बिनम्रतापूर्वक स्वीकार गर्छौ र तत्काल उहाँहरुले पाउने रकम खातामा नै उपलब्ध गराउँछौ । ईकाईधनीको रकममा कुनै दायाँ बायाँ हुन्न ।

एसईओसका कति ईकाईधनी थिए र कतिले पैसा पाए ? नपाएकाहरुको सवालमा के गर्नुहुन्छ ?

हाम्रो एक अर्बको कोष हो । त्यसमा पाँच हजार एक सय जति ईकाईधनी थिए । ७० प्रतिशत जति संस्थागत लगानीकर्ताहरु र बाँकी साना साना ईकाई धारण गर्ने सर्बसाधारण थिए । त्यस मध्येको नब्बे प्रतिशतको बैंक खातामा पैसा गएको हो । नपाएकाहरुको सवालमा हामी फेरि रुजु गरेर पठाउँछौ । जसको खातामा बढी पैसा गएको छ, उनीहरुको खाताबाट रिभर्स गर्ने प्रक्रिया शुक्रबार नै शुरु भएको हो । कति रिभर्स भयो हेर्नुपर्छ ।

समस्या कस्तो छ भने कतिपय ईकाईधनीले तीन बर्षदेखिको लाभांश पनि बुझेका थिएनन्, त्यो पैसा पनि हामीसँग थियो । कतिपयले ईकाई डिम्याट नगरी कागजी प्रमाण पत्र नै राखेका थिए भने कतिपयको बैंक खाता डिम्याट खातामा आबद्ध भएको थिएन । यी विविध समस्याका बीचमा बक्यौता लाभांश र कोषको बाँकी पैसा एकैचोटी पठाउँदा हाम्रो तर्फबाट गल्ति भएको हो ।

यति धेरै आईपीओ र एफपीआमो हामीले बिक्री प्रबन्धकको काम गरेर रकम फिर्ता गरेका छौ भने त्यहाँ गल्ति भएन तर हतारमा काम गर्दा यसमा चाँही गल्ति भयो । यसका लागि हामीले माफी माग्छौ ।

यसैवीच हामी भन्छौ, हामीले चेक प्रिन्ट गर्न बन्द गरिरकेका छौ । बाँकी सबैले डिम्याट खाता र बैंक खाताको विवरण हामीलाई उपलब्ध गराउनुहोस् । चाँडै भन्दा चाँडै हामी उहाँहरुको रकम फिर्ता गर्छौ ।

जसको खातामा बढी पैसा गयो र खर्च पनि गरे, उनीहरुबाट अब कसरी पैसा फिर्ता माग्नुहुन्छ ?

यो विस्वासको कुरा हो । बैंकहरुले रिभर्स गर्दा जति पैसा जम्मा भएको हो, त्यति नै फिर्ता गर्ने चलन् छ । हामीले आग्रह गरेपछि त्यो फिर्ता हुँदैछ । अब जसले खर्च गर्नुभयो, उहाँहरुले पनि हाम्रो विस्वास छ फिर्ता गर्नुहुन्छ । आखिरमा उहाँहरुकै बिस्वासमा त हामी पोर्टफोलियो ब्यवस्थापन गरिरहेका छौ ।

कोषको पैसा सबै ईकाइृधनीलाई फिर्ता गर्ने हो, हामीले राख्ने हैन, त्यसमा केही गडबडी पनि हुँदैन, सबै कुरा पारदर्शी नै छ । कसले कति पाउने हो भन्ने कुरा हामीले आफ्नो वेभसाईटमा पनि राख्दैछौ । आफ्नो हितग्राही खाता वा डिम्याट नभएका हकमा तीन पुस्ते विवरण राखेर हेर्न सक्नुहुन्छ ।

एक ईकाई बराबर कति फिर्ता दिदै हुनुहुन्छ त ?

अहिले हामीले प्रति ईकाई ११।४९७ रुपैयाँ फिर्ता गरेको हो । लाभांश बक्यौता रहेकाहरुको हकमा गएको रकम बढी हुनसक्छ । तीन बर्षको लाभांशको हिसाब गर्दा प्रति बर्ष १३.५ प्रतिशतका दरले हिसाब गर्दा  हुन्छ ।

पहिलो स्किम भन्दा यसमा त कम पाए नि ईकाईधनीले हैन ?

हो पहिलो स्किम SIGS1 मा हामीले २५ रुपैयाँ फिर्ता गरेका थियौं भने अहिले १७ रुपैयाँको हाराहारीमा हुन आउँछ ।

यो दोस्रो ईकाई ल्याउँदा शेयर बजार पनि माथि थियो र अहिले स्किमले होल्ड गरेका शेयर बिक्री गर्ने बेलामा शेयर बजार पनि तल रह्यो । त्यसैले ईकाईधनीलाई पहिलोमा जति फाइदा हुन सकेन ।तर बजारको समग्र अबस्था हेर्दा सन्तोषै मान्नुपर्छ ।

स्किमले किनेका शेयरहरु लिलाम गर्दा आफ्नै अर्को स्किमबाट किन्नुभयो, इन्साईडर ट्रेडिड. गर्नुभयो भन्ने आरोप पनि लागेको छ ?

यसमा सबै कुरा पारदर्शी नै छ । लिलाममा सहभागी सबैको बोलपत्र एकदम गोप्य राखेर र सबैका अगाडि सिलबन्दी गरेर खोल्दा पनि त्यसै गरिएको हो । बजारको मूल्यको एक दुइृ रुपैयाँ तलमाथिमा मात्र लिलाम भएको छ । एउटा स्किमको अर्को स्किमले किन्न पाउने कुरा पनि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here