दिव्यश्वरी हाइड्रोपार कम्पनीले खुद नोक्सानीमा केहि सुधार गरेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजानीक गरेको छ ।

गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ९३ लाख ४१ लाख रुपैयाँ खुद नोक्सानी व्योहोरेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा २५ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा विद्युत्त विक्रीबाट ५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष उसलेले विद्युत बिक्री गरेर २ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल २६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १० करोड ७ लाख रुपैयाँ ऋणत्मक छ । गत वर्ष उसको जगेडा कोष ४ करोड १७ लाख रुपैयाँ ऋणत्मक थियो । त्यस्र्त कम्पनीको ६६ करोड ७३ लाख रुपैयाँ दिर्घकालीन कर्जा रहेको छ ।

हाइड्रोपावरको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८४ पैसा ऋणत्मक छ भने प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ ८५ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here