सरकारले राजधानीमा रहेका डेरावालहरुको सुविधाका लागि भोलि र पर्सी दुई दिन काठमाडौ बाहिर जानेहरुका लागि यातायात खुला गर्ने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोख्रेल नेतृत्वमा कोरोना संक्रमण नियन्त्रण गर्न गठिन समितिले भोलि शुक्रबार र शनिबार काठमाडौ बाहिर जान चाहनेहरुका लागि यातायात खुला गर्न लागेको हो ।
बाहिरबाट काठमाडौ आउन भने नपाईने भएको छ । यससम्बन्धी विस्तृत योजना सरकारले प्रस्तुत गर्दैछ ।
राजधानीमा मजदुरहरु खान नपाएर भोकभोकै पर्न थालेपछि हिडेरै बाहिरी जिल्ला जान थालेका थिए ।