महुली लघुवित्त वित्तिय संस्था र साना किसान विकास बैंकको शेयरधनी भै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यि दुवै संस्थाले भोली पौष १४ गतेबाट बुक क्लोज गर्दैछन् ।

साना किसान विकास बैंकको साधारण सभा पौष २६ गते राष्ट्रिय प्रशाशनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

साधारण सभाले हाल कायम चुक्ता पुँजीको १.४३४२१०५२६ प्रतिशत नगद लाभांश तथा २६.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रश्ताव पारित गर्नेछ ।

उक्त लाभांश हात पार्न बुक क्लोजको अघिल्लो दिन यानी आज पौष १३ गते सम्ममा शेयरधनी कायम भएको हुनु पर्नेछ ।
संस्थाको हाल कायम चुक्ता पुँजी १ अर्व रहेको छ । उक्त साधारण सभाबाट प्रबन्धपत्र संसोधनको प्रस्ताव पारित गरि चुक्ता पुँजी २ अर्व पुर्याइनेछ ।

महुली लघुवित्त वित्तिय संस्थाको साधारण सभा पनि यहि पौष २६ गते आफ्नै केन्द्रिय कार्यालयम सप्तरीमा आव्हन गरेको छ ।

संस्थाले गत बषर्बको चुक्ता पुँजीबाट २० प्रतिशत बोनस शेयर तथा उक्त बोनसमा लाग्ने कर प्रयोजन ससिहत ११.५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

उक्त लाभांश हात पार्न आज सम्ममा नियमसंगत शेयरधनी कायम हुनुपर्नेछ ।

लघुवित्तले २० प्रतिशत बोनस शेयरको अधिकांश हिस्सा शेयर प्रिमियमबाट वितरण गर्नेछ । अपुग रकम भने गत आ.व.को मुनाफाबाट वितरण गरिनेछ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here