दुगड समूहको हिमालय हाइड्रोपावर प्रालिले सोलुखुम्बुमा प्रवद्र्दन गरेको २९.४ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङलगायत सम्पूर्ण भूमिगत संरचना निर्माण पूरा भएको कम्पनीले जनाएको छ ।

आयोजनाको साढे २ किलोमिटर लामो सुरुङ तथा अन्य भूमिगत संरचना निर्माण थालेको ८ महिनामा पूरा भएको हो । आयोजनाले २०७७ असारसम्ममा बिजुली बाल्ने तयारी छ ।
दुगड समूहले १ सय ५८ मेगावाट क्षमताका ३ आयोजनाहरु निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here