काठमाडौ ।  खाडीको दुबईमा कार्यरत सोझा नेपालीहरुबाट नेपालको जलबिद्युत आयोजनामा लगानी गर्ने भन्दै करोडौ रुपैयाँ उठाईएपछि उनीहरुको रकम सुरक्षामाथि प्रश्न उठेको छ ।

सेयर लगानी डटकमलाई प्राप्त खबरमा धादिडंमा बिबादास्पद ब्यक्तिले निर्माण गर्न लागेको एक जलबिद्युत आयोजनामा लगानी गर्न भन्दै दुबईका नेपालीबाट १० करोड रुपैयाँ उठाईएको छ ।

ओभरसिज नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड स्थापना गरी जलबिद्युत आयोजनामा लगानी गर्न धमाधम रकम संकलन भईरहेको छ ।

गोरक्ष हाईड्रोपावर प्राईभेट लिमिटेडले धादिंडको उत्तरी भेगमा निर्माण गर्न लागेको २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजनामा लगानी गर्न उक्त रकम संकलन गरिएको छ ।

एक अर्ब ३७ करोडको लगानीमा बन्ने भनिएको सुपर आँखुखोलाका लागि संस्थापक सेयरधनी बन्न दुबईमा काम गर्न गएका नेपालीहरुलाई आब्हान गरिएको छ ।

आयोजनाले नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद सम्झोता गरिसकेको छ तर संस्थापकहरुले रकम जुटाउन नसकेकाले बैंकहरुसँग लगानी सम्झौता हुन सकेको छैन । संस्थापकहरुले लगानी जुटाउन नसकेपछि अरु लगानीकर्ता खोज्ने क्रम तीब्र पारिएको छ ।

सुपर आँखु आयोजनामा बिगतमा आँखुखोला हाइड्रोपावरमा सयौं नेपालीहरुको लगानी डुबाउने ब्यक्तिको हालीमुहाली रहेको कुराबारे भने दुबईका नेपालीहरु बेखबर रहेको बुझिन आएको छ ।  ८ मेगाबाटको आँखुखोला आयोजना सर्बाधिक खर्चिलो आयोजना हो ।  एक मेगाबाट बिजुली निकाल्न ३२ करोड खर्च गरेर आयोजनाले तिर्नै नसक्ने ऋणको भारी बोकाउने ब्यक्ति नै सुपर आँखुको हर्ताकर्ता भएकाले दुबईमा नेपालीहरुले दुख गरेर कमाएको पैसा डुब्ने खतरा पनि उत्तिकै रहेको देखिएको छ ।

आँखुखोला आयोजनामा भएको भ्रष्टाचारका कारण सयौं लगानीकर्ताको पैसा फस्नुका साथै धितोपत्र बोर्डले साधारण सेयर निश्काशनमा समेत रोक लगाएको छ ।

नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक लिलानाथ (श्याम) कंडेलले मुलुकको आर्थिक सम्बृद्धिका लागि उर्जामा आत्मनिर्भरता आवश्यक भएकाले उर्जा उत्पादनमा लगानी गर्न लागिएको बताएका छन् तर उनले बिगतमा बदनामी कमाएका ब्यक्तिले बनाउन लागेको आयोजनामा हुने लगानीको सुरक्षा प्रत्याभुतिबारे केही उल्लेख गरेका छैनन् ।

यसैबीच ओभरसिज नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडको पहिलो साधारण सभा युएईमा सम्पन्न भएको छ । साधारण सभाले एल पि सावा लिम्बुको अध्यक्षतामा दुई बर्षका लागि नयाँ संचालक बोर्ड समेत गठन गरेको छ । बोर्डको प्रवन्ध निर्देशकका लिलानाथ (श्याम) कंडेल, अर्थ निर्देशकमा नारायण अधिकारीलाई चयन गरेको छ । यस्तै जन सम्पर्क निर्देशकमा टक बहादुर गुरुङ, बिरेन्द्र नकर्मी, भेषराज ढकाल, भिम बहादुर श्रेष्ठ चयन भएका छन् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युएईको सारजहामा प्रबासी नेपालीहरुलाई सम्बोधन गर्दै देशमा उर्जा उत्पादनका लागि लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

पाण्डेले बैदेशिक रोजगारीका लागि गएका नेपालीबाट पनि नेपालमा ठुलो लगानी हुने सम्भावना रहेको बताए । २०५१ पछि मात्र बिभिन्न मुलुकबाट ४० खर्ब रुपैया विप्रेषण भित्रिएको तथ्यांक प्रस्तुत गर्दैै पाण्डेले प्रवासमा रहेका नेपालीको आर्थिक लगानी मात्र होईन सिप, अनुभव र योजना समेत मुलुकको सम्बृद्धिका लागि आवश्यक रहेको बताए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here