जेठको अन्तिम सातादेखि उदाएको युवाहरुको आन्दोलन शनिबार काठमाडौमा लिम्पियाधुरासहितको नयाँ नक्सा बोकेर राष्ट्रिय गान गाउँदै अगाडि बढेको छ ।
कोरोना संक्रमण रोक्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै केही दिन यता राजधानी र देशका विभिन्न भागमा युवा युवतीहरुले हजारौंको संख्यामा भद्र आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले शनिबार राजधानीको माईतिघरमा लिीम्पयाधुरासहितको देशको नयाँ नक्सा लिएर नयाँ शैलीको आन्दोलन गरे । युवाहरुले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यबादसहित अतिक्रमित भुमी तत्काल छाड्न भारतलाई चेतावनी पनि दिएका छन् । तर सरकारले आफ्ना कतुर्तहरु लुकाउँन नपाउनेमा उनीहरुको स्पष्ट अडान छ । उनीहरुले नेपाल सरकारलाई करको सदुपयोग गरी कोरोना परीक्षण र उपचार ब्यवस्थित गर्न माग गरे ।
माईतीघरमा विहान १० बजेदेखि प्रर्दशन हुने भनिए पनि प्रहरीले हुनमानस्थान, बबरमहल, थापाथली, सिंहदरबार क्षेत्रबाट नै सहभागीहरुलाई माइृतीघर जान दिएको थिएन । लुकिछिपी माईतीघर पुगेको युवा युवतीहरुले अनिबार्य रुपमा मास्क लगाउनुका साथै दुई मीटरको भौतिक दुरी कायम गरेर मौन प्रदर्शन गरेका थिए ।
युवा युवतीले दुई घण्टासम्म सडकमा बसेर धर्ना दिएपछि अन्तिममा राष्ट्रिय गान गाएर शनिबारको कार्यक्रम समापन गरेका छन् । उनीहरुले प्रहरीलाई फुलकाो गूच्छा समेत दिएर दमन नगरेकोमा धन्यबाद ज्ञापन गरे । आफुले प्रयोग गरेका पानीका बोतल र प्लेकार्ड समेत टिपेर लगी युवा युवतीले आन्दोलनको नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।