कोरोना भाईरस संक्रमण रोक्न देशभित्र सम्पूर्ण आवत जावत बन्द गरेर जनतालाई आफ्नै घरमा बस्न आब्हान हुने संभावना बढेको छ ।

छिमेकी देश चीनबाट शुरु भएको कोरोना संक्रमण अर्को छिमेकी देश भारतमा पनि तीब्र रुपमा फैलिएको र भारतसँग नेपालको खुला सीमा भएका कारण यहाँ खतरा अरु बढेको छ ।

नेपालमा हालसम्म कोरोना फैलिएको पुष्टि भएको छैन तर जोखिमको सतर निकै बढेकाले गंभीर सावधानी अपनाउनु पर्ने देखिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले आज सरकारी संचार माध्यममाफृत देशबासीलाई सम्बोधन गर्दै विशेष घोषणा गर्ने भएका छन् ।

साँझ ५ बजे आउने प्रधानमन्त्रीको सम्बोधनमा कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको प्रयास र बिशेष घोषणा हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here