नेपाल धितोपत्र बोर्डका अध्यक्षभीष्मराज ढुंगानाले आज पुस २५ गतेदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाबाट शपथ खाएपछि उनले बोर्डको कार्यकक्षमा बसेर काम शुरु गरेका हु्न् ।
त्यस अघि धितोपत्र बोर्डका बरिष्ठ अधिकारीहरुले उनलाई स्वागत गरेका थिए ।
उनको कार्यकाल चार बर्षको हुनेछ ।ढुंगानालाई पूँजी बजारको नेतृत्वदायी निकायमा लगेर बर्तमान सरकारले बजार सुधार तथा बिस्तारको कामको जिम्मा दिएको छ । यसअघि राष्ट्र बैंक र धितोपत्र बोर्डमै रहेका उनीबाट शेयर बजारका लगानीकर्ताले पनि धेरै आशा गरेका छन् ।