नेपाल धितोपत्र बोर्डले ईन्टरनेटको माध्यमबाट अनलाईन कार्यक्रम गरी २८ औं बार्षिक उत्सव मनाउँदै गर्दा अब भने आफ्नै खुट्टा दह्रोसँग टेकेर पूँजी बजारको बिकास र बिस्तारको काम तीब्र पार्नुपर्ने आबश्यकता खटकिएको छ ।

पूँजी बजारका कामका लागि अर्थ मन्त्रालयको मुख ताक्ने र नेप्से, सीडीएससी र राष्ट्र बैंकले गरेनन् भनी गुनासो गर्न छाडी बोर्डले दह्रो कदम चाल्नुपर्ने आबश्यकता देखिएको हो । बोर्ड अर्थ मन्त्रालयको शाखा जस्तो नबनेर एउटा स्वायत्त निकायको रुपमा अगाडि बढेमा लगानीकर्ताहरुको विस्वास जित्न सक्ने संभावना अधिक देखिएको छ ।

कार्यक्रममा लगानीकर्तालाई बोल्न नदिए पनि अब बोर्डले लगानीकर्ताका मागलाई गंभीरतापुर्वक लिएर तत्काल राहत र सुधारका कदमहरु चाल्नैपर्ने भएको छ ।

बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजार बिकासका लागि बोर्डको काँधमा धेरै जिम्मेवारी रहेको बताएबाट पनि धितोपत्र बोर्ड अर्थमन्त्रालयको शाखा जस्तो बनेर बस्नु नहुने स्पष्ट भएको हो ।

पूँजी बजारका बारेमा सधै नकारात्मक कुरा मात्र गर्ने अर्थमन्त्री खतिवडा अब चाँही केही गर्नुपर्यो भनेर तातेको संकेत गर्नुले बोर्डलाई काम गर्न बाटो खुला भएको अर्थमा बुझ्नुपर्छ ।

लकडाउनका कारण बन्द भएको पूँजी बजार आबश्यक तयारी गरेर मात्र खोल्नुपर्ने भन्ने खतिवडाको अभिब्यक्तिले पूँजी बजारका समस्या सम्बोधनबारे सरकारमाथि दबाब परेकै अनुभुति गर्न सकिन्छ ।

पूँजी बजारमा लाग्दै आएको पूँजी लाभकरलार्ई अन्तिम बनाउँने बारेमा यसअघि नै धितोपत्र बोर्डले प्रस्ताब गरेकोमा अर्थमन्त्री खतिवडा सकारात्मक भएको संकेत मिलेको छ । तर बजार सुधार र बिस्तारका साथै कोरोना संक्रमण र लगातारको लकडाउनबाट प्रभावित शेयर बजारलाई राहत दिनुपर्नेमा पनि सरकार र निमायकहरुबीच सहमतिको आबश्कयता खटकिएको छ ।

कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले राष्ट्रबैंकका गभर्नरलाई बोल्ने समय दिदै गर्दा कोरोना प्रभावित पूँजी बजारलाई मौद्रिक नीति मार्फत राष्ट्र बैंकले राहत दिने अपेक्षा गरिएको बताउनुले धितोपत्र बोर्डले केही पहल गरेकै संकेत गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here