नबिल बैंकले बार्षिक १० प्रतिशत ब्याज दर रहेको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र चैत्र २ गतेदेखि बिक्री थालेको छ ।
कुल २० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
ऋणपत्रलाई इक्रा नेपालले पुर्ण रुपमा सुरक्षित मानिने इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ।
छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
७ वर्ष परिपक्व अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी जनाईएको छ ।