नबिल बैंकको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि नेप्सेले प्रतिकित्ता ६६९ रुपैयाँ ६४ पैसा तोकेको हो । पुस ८ गते यहि मूल्यलाई आधार मानेर कारोबार खुला भएको छ ।

बैंकको साधारण सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पुस २२ गते बोलाएको छ । बैंकले आज (पुस ८ गते) बुक क्लोज गरेको हो । नबिलले गत वर्षको मुनाफाबाट ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव ल्याएको छ ।

साधारण सभामा बैंकको आ व २०७५–०७६ को लेखा प्रतिवेदन नाफा नोक्सान, आय व्यय विवरण, वासलात साथै अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, प्रबन्धपत्र र नियमावली संशोधन, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पेश गरिनेछ ।

हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेकोमा बोनस वितरणपछि पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here