नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।


बार्षिक १० प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्रमा चैत २ गतेदेखि आवेदन खुल्ला हुनेछ ।

कुल २० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले पुर्ण रुपमा सुरक्षित मानिने इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ।

छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

७ वर्ष परिपक्व अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

नबिल ऋणपत्र

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here