नयाँ बर्ष २०७६ को पहिलो साता शेयर बजारको कारोबारले लगानीकर्ताहरुलाई आशावादी बनाएको छ । लगानीकर्ताहरुले खराब र कमजोर कम्पनीहरुमा जथाभावी उचालिएर शेयर किन्दा वितेका बर्षहरुमा खाएको गोताबाट पाठ सिकेर अब चाँही बृद्धि र बिकास शुँदै गएको तर लाभांश दिने सस्ता शेयर मूल्य भएका कम्पनीहरुमा लगानी केन्द्रित गर्न थाले जस्तो देखिन्छ ।

साताभर राम्रा तर सस्ता बाणिज्य बैंकका शेयरहरुमा बढेको लगानीकर्ताको आकर्षणले ब्यक्तिगत र संस्थागत दुबै खाले लगानीकर्ताहरुको रोजाई त्यस्तै कम्पनीहरुमा परेको देखिन्छ । अन्तिम दिनको कारोबारमा कुमारी बैंकको २१ प्रतिशत बोनस र साधारणसभाका लागि शेयरधनी किताब बन्द हुने कुराको प्रभाव परेकाले सो बैंकको अधिक कारोबार भए पनि सर्बाधिक रकमको शेयर किनबेच हुने १० कम्पनीमा ९ बाणिज्य बैंक हुनुले बिशेष अर्थ राख्दछ ।

अधिकाँश लगानीकर्ताहरुले शेयरको मूल्य बढेको मात्रै हेरेका छैनन्, कम्पनीको मजबुती र आगामी दिनमा दिनसक्ने लाभांशलाई पनि उत्तिकै महत्व दिएका छन् भन्ने प्रष्ट हुन्छ ।  अहिलेको अबस्थामा राम्रा तर सस्ता शेयर मूल्य भएका, यस बर्षको कमाईबाट लाभांश दिने कम्पनीहरुमा लगानी विविधिकरण गर्नेले दीर्घकालमा राम्रै प्रतिफल प्राप्त गर्छन् भन्ने देखिएको छ ।

साताको दैनिक औसत कारोबार रकम ७० करोड नाघ्नुले पनि बजारमा आकर्षण बढेकै संकेत गर्दछ । तर अझै ढुक्कले लगानी गर्नेहरुको जमात भने तयार नभईसकेको भान हुन्छ । गत बर्षको अन्त्यसम्म निराश बन्दै बसेका लगानीकर्ताहरु अहिले जुर्मुराएका छन् र उनीहरुसँगै नयाँ लगानीकर्ताहरु बजारमा कति छिर्छन र कति माग बढेर जान्छ भन्ने कुरा गहन रुपमा हेर्नुपर्छ ।बजार सुधार र बिस्तारका अरु कुराहरुले पनि उत्तिकै भुमिका खेल्छन् ।

तेस्रो त्रैमाशिक प्रतिबेदन प्रकाशित हुनु अगाडि नै लगानीकर्ताहरुले बजारमा चहल पहल बढाउँन थाल्दा आगामी दिनहरुमा निराश हुनु नपर्ने वातावरण सिर्जना हुन्छ भन्ने विस्वास हो तर शेयर बजारमा साना सूचना र हल्लाहरुले पनि ठूलो भुमिका खेल्ने हुँदा यसै होला कसैले भन्न सक्दैन । लगानीकर्ताको मनोबल तरल अबस्थामा रहने हुँदा कुन हल्ला र सूचनाले कता मोडिन्छ भन्ने कुरा सधै अस्थिर हुन्छ ।

शेयरको मूल्य धेरै बढेका कम्पनीहरुमा नाफा भएकाले बिक्री गर्ने पनि उत्तिकै आउँछन् भन्ने कुरा बिर्सनु हुन्न र शेयर बजार सधै बढेको बढ्यै वा घटेको घटेको घट्यै पनि गर्दैन । घटबढ् भई नै रहन्छ । फरक यत्ति हो पछिल्ला दिनमा खरिद चाप बढेर गएको छ ।

बिहीबार ७५ करोड रुपैयाँ माथिको कारोबार हुँदा सूचकमा १५.२२ अंकको बढोत्तरी भई नेप्से १२३२.३६ विन्दुमा उक्लियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here