एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामीमा आवेदन दिन आज फागुन २९ गते अन्तिम दिन रहेको छ ।

बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको एक लाख ६६ हजार ३२ कित्ता संस्थापक शेयर बिक्रि गर्न बैंकले बोलपत्र आव्हान गरेको थियो । त्यसै गरी सुर्या लाइफको ४१ हजार ४ सय कित्ता संस्थापक शेयर दोहोर्याएर बिक्रीमा ल्याएको हो ।

यि दुवै कम्पनीको संस्थापक शेयरमा फागुन १९ बाट फागुन २९ सम्म आवेदन दिन पाईने गरि खुल्ला गरिएको छ ।

सुर्या लाईफको न्युनतम मुल्य रु.२७५ तोकेको छ भने कोषको न्युनतम मुल्य दुई हजार रुपैयाँ तोकेको छ ।

सुर्या लाईफको शेयरमा आवेदन दिदाँ न्युनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतम ४१ हजार ४०० कित्ताको लागि प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरु सहभागि हुन पाँउनेछन् ।

बैंकले यसअघि सूर्या लाइफमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव आव्हान गर्दा सबै खरिद नभएपछि पुनः बिक्रि गर्न लागेको हो ।

नागरीक लगानी कोषको हकमा भने प्रबन्धपत्र नियमावलीमा शेयर खरीद बिक्रि गर्न सक्ने व्यवस्था भएको बैंक तथा वित्तीय संस्था हुनुपर्नेछ । यसबाहेकको अन्य कम्पनी वा व्यक्तिले सो शेयरमा आवेदन दिन पाँउनेछैनन् । यसरी आवेदन दिदाँ न्युनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतम एक लाख ६६ हजार ३२ कित्ताको लागी आवेदन दिन पाइनेछ ।

बैंकको बिक्रि प्रबन्धक एनआईसी एशीया क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here