धादिङको गजुरीमा मुख्य कार्यलय रहेको नाडेप लघुवित्तले बिक्रीमा ल्याएको १६ लाख कित्ता हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

कम्पनीले मंसिर २३ गतेदेखि १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो ।

हकप्रदमा आवेदन दिन चाहाने लगानिकर्ताहरुले बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ, नाडेप लघुवित्त, तथा शि आश्वामार्फत आवेदन दिन सक्नेछन ।

कम्पनीको हकप्रदमा मंसीर ७ गते बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम भएका शेयरधनिहरुले मात्र आवेदन दिन पाउनेछन ।

हाल १६ करोड चक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पछि चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  एक करोड ३९ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here