ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले गत आ.व.को पुस मसान्तको तुलनामा २०९.२४ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।


गत आ.व.को पुस मसान्तमा २२ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको संस्थाले चालु आ.व.को दास्रो त्रैमासको अन्तिमसम्ममा ७० लाख ५० हजार ५ सय १० रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले गत तीन महिनामा मात्रै ३७ लाख ३१ हजार ३ सय ६० रुपैयाँ नाफा गरेको छ ।

कर्जा लगानी बढेर ब्याज आम्दानी बढेपछि त्सको सिधा प्रभाव खुद नाफामा परेको छ । गत आ.व.को पुस मसान्तको तुलनामा करीब ६५ प्रतिशतले ब्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफा करीब ३३६ प्रतिशतले बढेको छ ।

संस्थाको कर्जा सापटि ४२ करोड २२ लाख ५५ हजार रहेको छ भने निक्षेप संकलन ३१ करोड ६४ हजार रुपैयाँ गरेको छ ।
४ करोड २० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ त्यसैगरि प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । संस्थाको तरलता अनुपात १३.४७ प्रतिशत रहेको छ ।

लघुवित्तले हाल ६ वटा जिल्लामा १७ वटा शाखा कार्यालय मार्फत् सेवा दिदैँ आईरहेको छ ।

यो लघुवित्तले सर्बसाधारणमा शेयर बिक्री गरेको छैन भने राष्ट्र बैंकको नीति अनुसार कुनैसँग मर्जरमा जानसक्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here