निर्जिवन बीमा क्षेत्रमा शिखर ईन्स्योरेन्सले प्रगतिको रफतार झन् बढाएको छ ।
इन्स्युरेन्सको वित्तिय विवरण अनुसार दोस्रो त्रैमाससम्मा २३ करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । गत बर्षको नाफा हेर्ने हो भने ईन्स्योरेन्सले २१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा २ करोड ३ लाख रुपैयाँ बढी हो ।
इन्स्युरेन्सले दोस्रो त्रैमाससम्मा ९० करोड ५६ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्युरेन्सले ९० करोड ४९ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। यो गत वर्षको तुलनामा ६ लाख ७५ हजार रुपैयाँ बढी हो।
इन्स्युरेन्सको खुद बीमाशुल्क बढेसंगै खुद नाफामा पनि सुधार भएको देखिन्छ ।
इन्स्युरेन्सले पुनर्बीमा कमिशनबाट २६ करोड २६ लाख ५९ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १० करोड ४४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ।
१ अर्ब ५ करोड ७३ लाख १० हजार चुक्ता पुँजी रहेको यस इन्स्यूरेन्सको जगेडा कोषमा ५७ करोड ३२ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
यस्तै इन्स्यूरेन्सको बीमा कोषमा १ अर्ब १७ करोड ३४ लाख ९३ हजार रुपैयाँ र महाविपत्ति कोषमा ७ करोड ३३ लाख ९० हजार रुपैयाँ हरेको छ ।
इन्स्युरेन्सले कुल ८ हजार ४१८ दाबी भुक्तानी संख्या बापत ८२ करोड ६९ लाख ८९ हजार रुपैयाँ भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी संख्या ४ हजार २१ वटा बापत ८० करोड ९२ लाख ६४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
इन्स्युरेन्सको बार्षिक प्रतिशेयर आम्दानी वार्षिक ४३ रुपैयाँ ९५ पैसा, रहेको छ भने बार्षिक प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ १४ पैसा छ ।मूल्य आम्दानी अनुपात २१.२३ गुणा छ ।