नेपालमा ठूला तथा साना निर्माण कार्यहरुमा संलग्न भएका ब्यवसायीहरुले करोडौ रुपैयाँ खर्च गरी निर्माण उपकरण खरिद गरेर काम गर्दा गर्दै त्यस्ता उपकरणको मर्मत गर्ने जनशक्ति र पार्टपुर्जा नपाएर हैरान हुने गरेका छन् तर अब परिना इृन्टरनेशनलले त्यस्ता उपकरणहरु बिक्री गरेपछि पनि मर्मत र अन्य सेवाहरु सहज रुपमा दिने गरी भारतीय कम्पनी भेनस ईक्यिपमेन्टको आधिकारिक थोक बिक्रेता भएर काम शुरु गरेको छ ।

माघ २४ गते बिहीबार भारतको गुजरातस्थित भेनस कम्पनीको आधिकारिक बिक्रेता बनेपछि परिना ईन्टरनेशनलले दुई करोड रुपैयाँसम्मका निर्माण उपत्रकरण बिक्री गर्ने र त्यसपछिको मर्मत सेवा समेत सहज रुपमा दिने घोषणा गरेको छ ।

कार्यक्रममा भेनस ईक्विपमेन्टका निर्देशक जिगल पटेल र परिनाका प्रबन्ध निर्देशक दीपक आचार्यले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार भेनस ब्राण्डका निर्माण उपत्रकरणहरु परिनाले नेपालमा बिक्री गर्ने र त्यसपछिको मर्मत तथा अन्य सेवा उपलब्ध गराउने जनाईएको छ । भेनसका १० लाखदेखि २ करोड रुपैयाँसम्म पर्ने निर्माण उपकरणहरुको एकबर्षको वारेन्टी हुने र नेपालका जुनसुकै स्थानमा पनि ढुवानी गरेर पुर्याईदिने ब्यवस्था गरिएको परिनाका प्रबन्ध निर्देशक आचार्यले बताए ।

नेपालमा निर्माण कार्य तीब्र भईरहेको बेला तेस्रो देशबाट आयात गरिएका निर्माण उपकरणहरु बिग्रेर कयौं निर्माण ब्यवसायीहरुले समयमा नै मर्मत गर्न नसक्दा करोडौको क्षति ब्यहोरेका छन् । भेनसको उपकरण खरिद गरेकालाई शीघ्र मर्मत सेवा दिने, नेपाली जनशक्तिलाई नै दक्ष बनाएर परिचालन गर्ने र सहज रुपमा पार्टपुर्जाहरु उपलब्ध गराउने लक्ष्य लिईएको छ । भेनसका निर्माण उपकरणहरु सस्तो र टिकाउ भएको समेत कम्पनीको दावी छ ।

सन् २००० मा स्थापना भएको भेनसले गुजरातमा पाच वटा कारखानाबाट पचास थरीका निर्माण उपकरणहरु निर्माण गर्दै आएको पटेलले बताए । उनले आफ्नो कम्पनीले नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफ्रिकी देशहरुमा एक हजार भन्दा बढी निर्माण उपकरण आपुर्ति र जडान गरिसकेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here