२०४८ मा स्थापित नेपालको पहिलो फाइृनान्स कम्पनी नेपाल फाईनान्स संकटग्रस्त भई लामो समय थलिएकोमा राष्ट्र बैंकले कारबाही फुकुवा गरेपछि शेयर कारोबार खुलेको पहिलो दिन नै सर्किट लाग्ने गरी शेयर मूल्य बढेको छ ।
‘ग’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको संस्था नेपाल फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले मिति २०७१ म्ंसिर १७ देखि समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो ।

खराब कर्जा अत्यधिक रहेको र संस्थागत सुशासन समेत नभएको भन्दै राष्ट्र बैंकले फाइृनान्सलाई कारबाही गरेको थियो । विभिन्न सुधारका कार्यहरु सम्पन्न गरे पछि नेपाल राष्ट्र बैंकको संचालक समितिको मिति मंसिर २० बसेको बैठकले समस्याग्रस्त अवस्थाबाट सशर्त फकुवा गर्ने निर्णय गरेको थियो ।

म्ंसिर २६ गतेदेखि राष्ट्र बैंकको कारबाही फुकुवा भएर नियमित कारोबारमा आएको फाइृनान्सको पुस १ गते शेयर कारोबार खुल्दा किन्नेहरु अधिक देखिए । पहिलो कारोबार प्रतिकित्ता १२४ रुपैयाँमा खुलेकोमा आपुर्ति भन्दा माग बढी भएपछि मूल्य ९.६८ प्रतिशत अर्थात १२ रुपैयाँले बढेर प्रतिकित्ता १३६ पुगेको छ ।
८सय ६५ कित्ता शेयर किनबेच भई एक लाख १४ हजार कारोबार रकम कायम हुन गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here