नेपालमा कोरोना भाईरस संक्रमितको संख्या थपिएर तीन पुगेको छ ।

यस अघि दुई जना सक्रमित पुष्टि भएका दुई जनाको शुक्रराज ट्रपिकल अस्पतालमा पहिचान भएकोमा अर्को एक जना पनि सोही अस्पतालमा नमूना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा पहिचान भएको हो ।

सबैभन्दा पहिले संक्रमण पुष्टि भएका युवाको उपचार सफल भएर हाल स्वास्थ्यलाभ गरिरहेका छन् भने फ्रान्सबाट कतार हुँदै आएकी युवतीको उपचार भईरहेको छ । नयाँ विरामीको पनि सोही अस्पतालको आईसोलेशन वार्डमा उपचार भईरहेको छ ।

तेस्रो संक्रमित फेला परेको अस्पतालले पुष्टि गरे पनि विस्तृत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here