नेपालमा कोरोना संक्रमितको संख्या थपिएर नौ पुगेको छ । एकैदिन तीन जना संत्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कैलालीकी महिला भने यसअघि विदेशबाट संक्रमित भई आएका पुरूषको आफन्त भएको प्रहरीले जनाएको छ ।

नेपाल भित्रै कोरोना संक्रमण भएको फेला परेकोले देशमा संक्रमणको दोस्रो चरण शुरु भएको मन्त्रालयले जनाएको छ ।

यस अघि ६ जनामा संक्रमण फेला परेकोमा एक जना स्वास्थ्य उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको अस्पतालमा उपचार भईरहेको छ ।

शनिबार फेला परेकाहरुलाई घनगढीस्थित अस्पतालमा भर्ना गरिएको जनाईएको छ ।

देशभित्रै संक्रमण बढेकाले हाल जारी रहेको लकडाउनलाई बढाएर थप सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here