गत पुस २४ गते सम्म हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीको खातामा नेपाल इन्भेष्टमेन्ट बैंकले नगद लाभांश पठाएको छ ।

बैंकको गत पुस २८ गते सम्पन्न ३३ औं बार्षिक साधारणसभाले पारित गरेको ८.५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो ।

सोही साधारण सभाले पारित गरेको १०.५ प्रतिशत बोनस शेयर भने यसअघिनै प्रतिकित्ता ३९१ रुपैयाँका दरले मुल्य समायोजन भईसकेको छ ।

साधारणसभा प्रयोजनार्थ गत पुस १४ गते बुक क्लोज गरेकोमा पुस १३ सम्म कायम शेयरधनीले सो लाभांश प्राप्त गर्नेछन् ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरु हकमा पनि नगद लाभांश बैंक खातामा नै पठाउने व्यवस्था गरिएका कारण त्यस्ता शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन बैंकले अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here