नेपाल इन्भेष्टमेन्ट बैंकले पुनः २ अर्ब ७५ करोड बराबरको २७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न रेटिङ गराएको छ ।

इक्रा नेपालले रेटिङ्ग गराएको यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

 

ऋणपत्र ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यसअघि बैंकले गत जेठमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नु अनिवार्य छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here