नेपाल इन्स्योरेन्सले गत बर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजन सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ भोली चैत ४ गते बुक क्लोज गर्दैछ तसर्थ सो लाभांश पाउन चैत ३ गते सम्म कायम शेयरधनी हुनुपर्नेछ ।

कम्पनीको ७१ औं बार्षिक साधारणसभा चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे शुरु हुनेछ ।

कम्पनीले ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस र ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पँुँजी १ अर्ब १५ करोड ३ लाख भन्दा माथि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here