नेपाल इन्भेष्टमेन्ट बैंकले सात बर्षमा निक्षेप दोब्बर हुने योजना अगाडि ल्याएको छ । बैंकले ग्रिन डबल फिक्स्ड डिपोजिट नामक निक्षेप योजना सञ्चालन गरेको हो ।  योजनाअन्तर्गत खोलिएको खातामा साढे ७ वर्षमा पैसा डबल हुने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जा, हरित आवास जलवायुअनुकूल क्लाइमेट स्मार्ट कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनामा लगानी गरिने बैंकले बताएको छ ।
ग्रिन डबल फिक्स्ड डिपोजिट निक्षेप योजनाअन्तर्गत खाता खोल्ने गा्रहकले क्रेडिट कार्ड लिँदा ५० प्रतिशत छुट तथा निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि खातामा भएको शतप्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here