नेपाल एसबिआई बैंकलाई ऋण्पत्र निष्काशन गर्न पुस २७ गते धितोपत्र बोर्डले स्विकृति दिएको छ ।

१० बर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रमा १० प्रतिशत ब्याजदर रहेको छ भने इक्रा नेपालले बैंकको ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग दिएको छ।

बैंकले निष्काशन गर्ने कुल २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा सर्वसाधारणका लागि १ अर्ब छुट्याइएको छ भने १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरले विभिन्न संघ संस्थालाई बिक्रि गरिने जनाइएको छ ।

ऋणपत्र निष्काशनको सम्पुर्ण जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here