काठमाडौ । नेपाल ग्रामिण बिकास बैंकले साधारण सेयरधनीको हिस्सा बढाउँन एक सय रुपैयाँमै नौ लाख ७५ हजार कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) बिक्रीको सूचना जारी गरेको छ । कम्पनीले भदौ २७ गतेदेखि एफपीओ बिक्री गर्न प्रभु क्यापिटललाई जिम्मेवारी दिई आब्हान पत्र जारी गरेको हो ।
नेपाल ग्रामिणको एफपीओमा आश्बा सेवा प्राप्त गरेका र लगानीकर्ताको बैंक खाता रहेका बैंकहरुमा सम्पर्क राखी भाद्र ३० गतेसम्ममा आबेदन गर्न सकिने छ । आफ्नै बैंक खातामा पैसा रोक्का राखेर सेयरमा लगानी गर्न पाईने भएकाले लगानीकर्तालाई धेरै सुबिधा भएको छ ।
बिगतमा संकटग्रस्त पाँच वटा ग्रामिण बिकास बैंकहरुलाई मर्ज गरेर बनाईएको नेपाल ग्रामिण बिकास बैंक अहिले पनि संचित घाटा पुरा गर्ने चरणमा छ । अहिले ५५ करोड चुक्ता पूँजी रहेको कम्पनीको एफपीओ जारीपछि ६५ करोड पुग्नेछ ।
बैंकमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंक लगायतका संस्थापकहरुको ८५ प्रतिशत लगानी रहेको छ ।
कम्पनीले अहिले कुनै लाभांश बितरण गर्न सक्दैन । भबिष्यमा सुधारिएर राम्रो प्रतिफल दिनसक्ने संभावना भएकाले यस निश्काशनमा सहभागी हुँदा लगानीकर्तालाई फाईदा नै हुने सेयरलगानी डटकमको ठम्याई छ । आबेदकहरु धेरै हुने र सबैलाई कम्तिमा १० कित्ता बितरण गर्न नपुगे गोला प्रथा हुने भएकाले एक जनाले पाँच हजार रुपैयाँ भन्दा बढीको आबेदन गर्नु फाईदाजनक हुने छैन ।