नेपाल टेलिकमको खस्कदो अबस्थाले उसलाई तत्काल तत्काल रणनीतिक साझेदारीमा लगेर ब्यवस्थापन नसुधारे आगामी दिनहरु खतरापूर्ण रहेको उसको दोस्रो त्रैमासको बित्तीय विवरणले देखाएको छ ।
विवरण अनुसार टेलिकमले गत ६ महिनामा ४ अर्ब ९३ करोड ९१ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । तुलनात्मक रुपमा हेर्ने हो भने यो नाफा गतबर्षको तुलनामा १ करोड ५५ लाख रुपैयाँले कम हो । गत बर्ष यसै अवधिमा कम्पनीको नाफा ४ अर्ब ९५ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन नाफा र अन्य आम्दानी घटेपछि सोको प्रभाव खुद नाफामा देखिएको छ । यसका साथै कम्पनीको पहिलो त्रैमासमा पनि नाफा घटेकाले पनि हाल खुद नाफा प्रभावित भएको छ ।
चालु आ.व.को पुस मसान्तसम्ममा बिक्रिबाट हुने आम्दानी १८ अर्ब ३ करोड ९५ लाख ७६ हजार रुपैयाँ भएको छ जुन गत आ.व.को यसै अवधिको तुलनामा ४० करोड ४५ लाख ८७ हजार रुपैयाँले कम हो ।
आ.व. २०७५।७६ को वितरणयोग्य मुनाफाबाट ४५ प्रतिशत लाभांश दिएको कम्पनीको जगेडा कोषमा हाल ७४ अर्ब ३६ करोड १९ लाख ५० हजार रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ८६ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० पैसा मात्र कम हो। कम्पनीको मूल्य आम्दानी अनुपात ९.७९ गुणा रहेको छ।
विनोद चौधरीले सीजी टेलिकमको लाईसेन्स पाएर भ्वाईस सेवा निशुल्क र डाटा सेवा सस्तो गरेको अबस्थामा टेलिकमको आयमा ठूलो धक्का लाग्नसक्छ । यसै पनि एनसेलले नेपाल टेलिकमलाई ब्यापारमा पछि पार्ने चुनौति खडा गरेकै छ ।
सेवा सुबिधाको गुणस्तर कमजोर रहेको अबस्थामा मर्मतमा पनि ढिलासुस्ती हुँदा टेलिकमका ग्राहकहरु अरु दुरसंचार सेवा प्रदायकतिर मोडिनसक्छ्न ।