नेपाल पुनर्बीमा कम्पनीले आज चैत ४ गतेबाट १ अर्ब ६० करोडको प्राथमिक शेयर अर्थात आईपीओ बिक्री सर्बसाधारणका लागि खुल्ला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
जम्मा आईपीओ मध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई, ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणलाई बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आफ्नौ बैंक खाता रहेको शाखाबा आश्वा सेवा वा मेरो शेयर सफट्वेयर सुविधा लिएकाले सीआश्वाबाट घरैमा बसेर ईन्टरनेटको माध्यमबाट आबेदन गर्न सक्नेछन् । हरेक लगानीकर्ताले आफ्नौ क्षमता अनुसार ५० देखि १०० कित्तासम्म आबेदन गर्दा उपयुक्त हुने देखिन्छ ।
आबेदन दिने अन्तिम म्याद छिटोमा चैत ७ गते र ढिलोमा चैत १८ गते हुनेछ । यसमा अधिक लगानीकर्ताको आकर्षण रहेकाले चैत्र ७ गते नै माग भन्दा अधिक आबेदन परेर बिक्री बन्द हुने संभावना छ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
हाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब , जारी पूँजी १० अर्व र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।
तीन लाख ५० हजार जनासम्मसर्बसाधारण लगानीकर्ताले आबेदन गरेमा धितोपत्र बोर्डको अहिलेको नियम अनुसार हरेकको हातमा ४० कित्ता पर्नेछ र कुनै पनि योग्य आबेदकको हात खाली जाँदैन ।