नेपाल बैंकले बिक्रीमा ल्याएको एक करोड ७६ लाख कित्ता थप नयाँ साधारण शेयर अर्थात एफपीओको आज कार्यालय समयपछि आबेदन लिने कार्य बन्द हुँदै छ ।

बैंकको एफपीओ आज कार्यालय समयसम्म मात्र आबेदन लिएर बिक्री प्रक्रिया बन्द गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

नेपाल बैंकको जगेडा कोषमा लाभांश बाँड्न पाउने कति छ रकम ? (तथ्य विवरणसहित)

गत शुक्रबारसम्म झण्डै १५ प्रतिशत मात्र शेयर बिक्री भएको अबस्थामा बाँकी सबै शेयर किन्ने गरी आज ठूलो संख्यामा संस्थागत लगानीकर्ताहरुले आबेदन गर्ने अपेक्षा गरिएको छ । खासगरी कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल पुनर्बिमा कम्पनी, सामुहिक लगानी कोष, बीमा कम्पनी र अन्य संस्थागत लगानीकर्ताहरुले अन्तिम दिन आबेदन गर्ने नेपाल बैंकका अधिकारीहरुको आशा छ ।

यसअघिका सार्वजनिक निश्काशनहरुमा संस्थागत लगानीकर्ताले अन्तिम दिन आबेदन गर्दै आएकाले नेपाल बैंकमा पनि त्यही प्रबृत्तिको पुनराबृत्ति हुने आशा गरिएको हो ।

संस्थागत लगानीकर्ताहरुले ठूलो कित्ता आबेदन नगरेको अबस्थामा एफपीओ नबिक्ने भएकाले त्यसपछि प्रत्याभुत गर्ने आठ वटा क्यापिटल र सामुहिक लगानी कोषहरुले सकार्नुपर्ने हुन्छ । त्यसले उनीहरुलाई समस्यामा पार्ने निश्चित भएकाले माउ कम्पनीहरुको सहयोगमा बैकल्पिक लगानीको स्रोत खोजिएको बताईन्छ ।

नेपाल बैंकको एफपीओ नबिकेमा सकार्ने भन्दै सीबीआईएल क्यापिटलले एक अर्ब १५ करोड ३८ लाख रुपैयाँ, ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबीएलएस क्यापिटलले ८९ करोड, सिभिल क्यापिटल ४५ करोड, लक्ष्मी क्यापिटल ४५ करोड, सनराईज क्यापिटल ३६ करोड, सानिमा क्यापिटल २७ करोड, एसबीआई मर्चेन्ट २३ करोड रुपैयाँको प्रत्याभुति दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here