नेपाल बैंकले बिक्रीमा ल्याएको थप नयाँ साधारण शेयर अर्थात एफपीओ निधौरित समयको दुई कार्य दिन बाँकी हुँदा जम्मा २० लाख कित्ता मात्र बिकेको छ ।

बिहीबार बेलुकासम्मको आँकडा अनुसार १६ हजार सात सय आबेदकले ५८ करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर मात्र बिक्रीको आबेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

अब नेपाल बैंकको एफपीओ बिक्रीका लागि शुक्रबार र आईतबार मात्र दुई दिन बाँकी हुँदा जम्मा १२ प्रतिशत मात्र शेयर खरिदको आबेदन पर्नुले शेयर पुरै बिक्नेमा गंभीर शंका उत्पन्न गराएको छ ।

नेपाल बैंकको एफपीओ सकार्ने गरी आठ मर्चेन्ट बैंकरले प्रत्याभुति दिएकाले नबिकेको शेयर उनीहरुले सकार्नुपर्ने अबस्था छ ।

ती मर्चेन्ट बैंकरहरुमा सीबीआईएल क्यापिटलले एक अर्ब १५ करोड ३८ लाख रुपैयाँ, ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबीएलएस क्यापिटलले ८९ करोड, सिभिल क्यापिटल ४५ करोड, लक्ष्मी क्यापिटल ४५ करोड, सनराईज क्यापिटल ३६ करोड, सानिमा क्यापिटल २७ करोड, एसबीआई मर्चेन्ट २३ करोड रुपैयाँको प्रत्याभुति दिएका छन् ।

नागरिक लगानी कोष र कर्मचारी संचय कोषले नेपाल बैंकको शेयरमा आबेदन नगरेको अबस्थामा मर्चेन्ट बैंकरहरुलाई भार पर्ने अबस्था हुँदा उनीहरुले त्यति धेरै पैसा कहाँबाट जुटाउँछन् भन्ने कुरा पनि चासोको बिषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here