२५ प्रतिशत लाभांशको लागि शेयरधनी किताब बन्द हुनु भन्दा अघिको अन्तिम दिनको कारोबारमा नेपाल बैंकको शेयर खरिद बिक्रीमा नौलौ दृश्यहरु देखिएका छन् ।

कारोबार समयको बीमा सो बैंकको शेयर खरिदतर्फ साढे तीन लाख कित्ता शेयरको माग भएको देखिदा बिक्रीतर्फ भने एक लाख कित्ता भन्दा कम देखिएको थियो । समग्र रुपमा बिक्री भन्दा खरिदमा चाप भए पनि मूल्य भने एक रुपैयाँ बढ्नलाई पनि मुिस्कल थियो ।

सो बैंकको चार लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा अघिल्लो दिन भन्दा जम्मा एक रुपैयाँ मूल्य बढेर प्रतिकित्ता ३१७ रुपैयाँमा अन्तिम कारोबार भयो । कारोबार रकममा भने उसले सबैलाई उछिनेर १३ करोड २२ लाख रुपैयाँको बिनबेच भयो ।

२३ बर्षपछि पहिलोपल्ट नेपाल बैंकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरी पुस २५ गते साधारणसभा गर्न लाग्दा नेपाल बैंकप्रति लगानीकर्ताको लोभलाग्दो आकर्षण देखिएको छ तर बजारमा शेयर आपुर्ति अत्यधिक भएकाले शेयरको मूल्य भने बढ्न सकेन ।

त्यस्तै ३० प्रतिशत लाभांशसहित पुस २७ गते साधारणसभा गर्न लागेको कृषि बिकास बैंकको शेयरमा खरिद चाप देखिए पनि मूल्य भने बढ्न सकेन । तेस्रो सर्वाधिक कारोबार गर्ने कृषि बिकास बैंकको शेयर मूल्य ३ रुपैयाँ बढेर प्रतिकित्ता ४१७ मा बन्द भयो ।

यसदिन सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा नेपाल सेवा लघुवित्त र साल्ट ट्रेडिङ रहे भने मूल्य घट्नेमा पाँचथर पावर, हिमालयन पावर पार्टनर लगायतका कम्पनीहरु देखिए ।

बिहीबार ५८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ०.६२ अंकले तल आई ११६७.४१ विन्दुमा अडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here