नेपाल बैंकमा संस्थागत सुधार गरी २३ बर्षपछि लाभांश वितरण गर्नसक्ने क्षमता बनाएका देबेन्द्र प्रताप शाह देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईका स्वतन्त्र संचालक बनेका छन् ।
शाहले नेपाल बैंकको प्रमुख कार्यकारी हुँदा बैंक भित्र ब्यापक सुधार गरी खराब कर्जा असुल्नुका साथै नियमति ब्याज आम्दानी बढाएर स्वस्थ बनाएका थिए । उनले एफपीओ बिक्री गरी सरकारी हिस्सा घटाएर सर्बसाधराणको हिस्सा बढाउने भुमिका खेले, जसबाट आर्जित रकम समेतको उपयोग गरी नेपाल बैंकले २३ बर्षपछि लाभांश प्रस्ताब गर्यो, यद्यपी शाहले आफ्नो कार्यकालमै त्यो लाभांश वितरण गर्न भने पाएनन् । नेपाल बैंकको हालेको साधारणसभाले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
कृषि बिकास बैंकमा लामो समय प्रमुख कार्यकारी र अरु पदमा रहेका शाह चार्टर्ड एकान्टेण्ट समेत हुन् ।
माघ १० गते बसेको ग्लोबल सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो ।
जनता बैंकलाई आफुमा गाभेपछि ग्लोबल आईएमई १९ अर्ब चुक्ता पूँजी भएको देशको सबैभन्दा ठूलो बैक बनेको छ ।