नेपाल बैंकले एक करोड ७६ लाख कित्ता थप नयाँ साधारण शेयर अर्थात एफपीओ बिक्री गर्ने क्रममा कम्तिमा २५ प्रतिशत लाभांश वितरण गर्ने पैसा आफ्नो कोषमा रहेको दावी गरे पनि शेयरधनीलाई यसपल्ट पनि रित्तो हात गराउने भएको छ ।
नेपाल बैंक उच्च स्रोतले बैंकले गत आर्थिक बर्षसम्मको खुद नाफाबाट शेयरधनीलाई केही पनि दिन नसकिने अबस्था आएको बताएको छ ।
धेरै कुरा नुखलाईन स्रोतले भनेको छ – यसपल्ट पनि शेयरधनीले केही पाउँदैनन् ।
नेपाल बैंकले एफपीओ बिक्रीको क्रममा यस्तो भनेको थियोः
नेपाल बैंकको जगेडा कोषमा लाभांश बाँड्न पाउने कति छ रकम ? (तथ्य विवरणसहित)
सुत्रका अनुसार नेपाल बैंकको गत बर्षको बित्तीय विवरण राष्ट्र बैंकले परीक्षण गर्ने क्रममा लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने अबस्था देखिएको भने पछि नेपाल बैंक लाभांश घोषणा गर्ने तयारीबाट पछि हटेको हो ।
बैंकका प्रमुख कार्यकारी देबेन्द्र प्रताप शाहले आफ्नो चार बर्षे कार्यकालमा बैंक सुधार गरी स्वस्थ बनाए पनि लाभांश वितरण गरेर बिदा हुने चाहना भने अधुरै रहने निश्चित भएको छ ।
खराब कर्जा र संस्थागत अस्तब्यस्तताले गुज्रिएको बैंकलाई शाहले सुधारेर स्वस्थ बैंकमा उकालेका छन् । बैंकको पूँजी कोष पर्याप्त भएको छ भने एफपीओ बिक्री गरेपछि जगेडा कोष बलियो बनेको छ । बैंकमा पुराना कर्मचारीलाई विदा गरेर नयाँ भर्ना गरिएपछि प्रविधि जानेका जनशक्तिले बैंकलाई हाँक्न थालेका छन् ।
२२ बर्षपछि नेपाल बैंकले लाभांश वितरण गर्ला भन्ने आशा राखेका शेयरधनीहरु फेरि एकपल्ट निराश भएका छन् तर चालु आर्थिक बर्षको खुद नाफा र जगेडा कोषको उपयोग गरी अर्को बर्ष हुने साधारणसभामा ४० प्रतिशतमाथि लाभांश वितरणको प्रस्ताब गर्यो भने बैंकले क्षतिपुर्ति दिएको मान्नैपर्छ, जुन संभावना हुनसक्ने बैंकका अधिकारीहरु दावी गर्छन तर अब नेपाल बैंकले लाभांश नबाँडेसम्म पत्याउँन सकिन्न ।
रिपोर्टर साहेब, उच्च स्रोतको नाम पनि राख्नुस न | अधिकारिक जानकारी नआएसम एस्तो news publish नगर्नुस | भोलि कम्पनी ले dividend दियो भने, आज सस्तो share बेच्ने को जिमेवारी तपाई लिनु हुन्छ? त्येसैले होसियार हुनुस !
http://www.bizmandu.com/content/20190116181936.html
राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल लाई सूचना leak गरेको आरोप मा कारबाही हुन सक्छ |
बैंक झन बलियो भयो….. हैट…..