नेपालको पहिलो बैंक नेपाल बैंकले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुखकार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाकालागि नेपाल बैंकले कामगरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमाग्राहकलाइ सेवादिइरहेको बताउँदै आगामीदिनमाअझउच्चस्तरको सेवा र सुविधादिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवालिनआउने सेवाग्राहीलाइ राहतमिल्ने विश्वास व्यक्त गरे ।
शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हितहुने गरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलार्इ धन्यवाद दिए । सो अवसरमा नेपाल बैंककाप्रदेश नम्बर २ काप्रमुखप्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन । एक्सटेन्स काउन्टरको शुभारम्भमा आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत बलारामत दाहाल सशस्त्र प्रहरीका डिएसपी अर्जुन सापकोटा, बैंकको लाहान शाखाको शाखाप्रबन्धक सुरेन्द्र प्रसाद यादवलगायत सहभागी रहेक ाथिए ।
बैंककाप्रवक्ताअधिकारीकाअनुसार हाल नेपाल बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवाप्रदानगरिरहेको छ । बैंकले चाँडै नै एटिएमको संख्या १४९ पुर्याउन लागेको र २०७७ सालको अषाढ मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।